ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको वार्षिक साधारण सभाले पारित गर्‍यो आईपीओ निष्कासन गर्ने प्रस्ताव 

२०७७ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो वार्षिक साधारण सभाले ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । 

नेपालकै पहिलो र एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको उक्त कम्पनीको बुधवार दोस्रो वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीको सञ्चालक समितिका अध्यक्षसमेत रहेका अनुज अग्रवालको सभापतित्वमा सम्पन्न सभामा सञ्चालक समितिका सदस्यहरु श्रीकृष्ण नेपाल, चन्द्र प्रसाद ढकाल, लालमणि जोशी र रामकृष्ण खतिवडाको उपस्थिति रहेको थियो । त्यस्तै प्रमुखकार्यकारी अधिकृत अनिल ज्ञवाली, नायवप्रमुखकार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत उच्चतहका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । 

कोभिड–१९ को कारण उत्पन्न स्वास्थ्य जोखिमबाट जोगिन/ जोगाउन शेयरधनीहरु अनलाइन माध्ययमबाट समेत सहभागी भएका थिए । सभाले आर्थिक वर्ष २०७६/ ७७ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्तअवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गर्नुका साथै उक्त सभाले नियमनकारी निकायको स्वीकृतिपश्चात निष्काशन हुने गरी जारी पूँजीको ४० प्रतिशतले हुने ८ अर्ब रुपियाँको ८ करोड कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्ने सम्बन्धी प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ । 

उक्त कम्पनीले आव २०७६/७७ मा जलविद्युत्, सीमेन्ट क्लिङ्कराइजेशन एवं सौर्य उर्जा समेत पाँच ओटा परियोजनाहरुमा ६ अर्ब रुपियाँ कर्जा स्वीकृत गरी ५० करोड रुपियाँ कर्जा प्रवाह गरेकोमा चालू आवमा  तीन ओटा परियोजनाहरुमा २ अर्ब ८५ करोड रुपियाँको थपकर्जा स्वीकृत गर्दै हालसम्ममा ८ अर्ब ८५ करोड  रुपियाँ बराबरको कर्जा स्वीकृत गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्