ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एप्पलले घटायो एप विकासकर्ताबाट लिने कमिशन शुल्क 

२०७७ मंसिर, ३  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर ३, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले आफ्नो एपमा विक्री हुने एप र भर्चुअल गूड्जको  विक्रीमा ती एप र गूड्ज विकासकर्ताबाट लिने शूल्क आधा घटाउँदैछ । 

जनवरीदेखि लागू हुने गरी कम्पनीले सन् २०२० मा एप्पलको एप स्टोरबाट १० लाख डलर वा सोभन्दा कम कमाउने विद्यमान एप निर्माताहरुबाट १५ प्रतिशत मात्रै शुल्क लिनेछ । यस अघि कम्पनीले उनीहरुबाट ३० प्रतिशत शुल्क लिँदै आएको थियो । यो योजना नयाँ विकासकर्ताका लागि पनि लागू हुने बताइएको छ ।

 एप्पलले लिने शूल्कको विकासकर्ताहरुले व्यापक विरोध गर्दै आएका थिए । कम्पनीमाथि प्रतिस्पर्धा विरोधी कानून मिचेको विषयमा छानबिन बढिरहेकै बेलामा यस्तो निर्णय भएको हो । 
अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनले भने उसको प्राइम भिडियो एपभित्र १५ प्रतिशत विशेष इन–एप शुल्क लिने भएको छ ।

करीब २ करोड ८० लाख विकासकर्ताहरुले एप्पलको एपस्टोरको प्रयोग गर्छन् । पछिल्लो योजनाबाट कति विकासकर्ता लाभान्वित हुन्छन् भन्नेबारे कम्पनीले केही पनि खुलाएको छैन । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्