ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सेयर बजार बन्द वस्तु बजार सुचारु

२०७७ मंसिर, ४  
१० वर्ष अघि
NA

आइतबार नेपाल स्टक एक्सचेन्जमा कारोबार भएन । नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा भने मार्केट ओपन देखिएको थियो । मार्केट खुले पनि अफिस नै बसेर अनलाईन कारोबार गर्न प्राविधिक रूपमा असजिलो नभए पनि दलालहरूले कारोबार गरेनन् । एकजना लगानीकर्ताका अनुसार दलालले आज कारोबार हुँदैन भोलि आउनुहोला भनेर लगानीकर्तालाई फिर्ता गरेका थिए । यो स्टक दलालहरूले आइतबार एक दिनका लागि माओवादी बन्दप्रति ऐक्यबद्धता जनाएको हुन सक्ने ती लगानीकर्ताको अनुमान छ ।

विगतमा लामो समयदेखि घटिरहेको नेप्से परिसूचक गत बिहीबार भने अचानक बढेको थियो । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा भएको राजनीतिक दलका शीर्ष नेताहरूको निर्णायक बहसले सेयर बजारमा सकारात्मक प्रभाव पारेको एक विश्लेषकको भनाइ छ । ठूला रजनीतिक दलका  नेताहरूबीच सहमति बन्ने आसमा लगानीकर्ताहरूमा सेयर बजार बढ्ने अपेक्षा गरिएको थियो  । फलस्वरूप गत बिहीबार नेप्से परिसूचक दुई अंकले वृद्धि भई ४२० अंकको हाराहारीमा पुगेको थियो ।

लामो समयदेखि सेयर बजारमा काम गरिरहेका एक लगानीकर्ताका अनुसार नेपालको सेयर बजार धेरै नै तल झरिसकेकाले विक्रिीका लागि आउने सेयर संख्या कम भएर पनि मूल्य बढेको हो ।

वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्