ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

२०७७ मंसिर, ४  
बजार
NA

काठमाडौं  (अस) । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंसिर ३ गते बुधबार काठमाडौंको बानेश्वरस्थित बैंकको रजिस्टर्ड कार्यालयमा उक्त सभा सम्पन्न भएको हो ।

सभाको अध्यक्षता बैंक सञ्चालक समितिक ाअध्यक्ष अनुज अग्रवालले गरेका थिए । सभामा बैंक सञ्चालक समितिका अन्य सदस्यहरू, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायत उपस्थित थिए ।

कोभिड महामारीको अवस्थामा सभामा प्रत्यक्ष उपस्थित भएका शेयरधनीलाई स्वास्थ्यसम्बन्धी मापदण्डको व्यवस्था गरिएको बैंकले जनाएको । सभामा सहभागी नभएकालाई अनलाइन माध्यमबाट सहभागी गराइएको थियो ।

सभाले आर्थिक वर्ष ०७६/७७ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरण सर्वसम्मत पारित गरिएको थियो । सभाले नियमनकारी निकायको स्वीकृतिपछि निष्कासन हुने गरी जारी पुँजीको ४० प्रतिशतले हुने आठ अर्ब रुपैयाँ बराबरको आठ करोड कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्नेसम्बन्धी प्रस्तावसमेत पारित गरेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्