ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी स्वस्तिक बगैंचा हस्तान्तरण

२०७७ मंसिर, ४  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका वडा–५ महालक्ष्मीस्थानमा महालक्ष्मी स्वस्तिक बगैंचा मर्मत तथा पुनः निर्माण गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जन सहभागी कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष आत्माराम कोइरालालाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीको लिखित शुभकामना मन्तव्यसमेत प्रस्तुत गरिएको बैंकले बताएको छ ।
महालक्ष्मी मन्दिर दशर्न गर्न आउने दर्शनार्थीलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति दिलाउने उद्देश्यले बैंकले उक्त बगैंचा मर्मत तथा पुनः निर्माण गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्