ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१५० प्रतिशतले बढ्यो सिटिजन लाइफको जीवन बिमा कोष

२०७७ मंसिर, ४  
बजार
NA

काठमाडौं (अस) । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बिमा कोष डेढ गुणा बढेको छ  । कम्पनीले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०७७÷७८ को पहिलो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।

वित्तीय विवरणअनुसार असोज मसान्तसम्म कम्पनीको बिमा कोषको रकम २ अर्व ८२ लाख रुपैयाँ पुगेको छ, जुन यो गत आवको सोही अवधिको तुलनामा १ सय ५० प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीको जीवन बिमा कोष  ८० करोड ३८ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बिमा शुल्क आर्जन पनि ८३ प्रतिशतले बढेको देखिएको छ । सो अवधिमा कम्पनीको जगेडा तथा कोषको आकार पनि ४२ प्रतिशतले बढी ५९ करोड १० लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्