ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रिलायन्स लाइफ व्यतीत बिमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट

२०७७ मंसिर, ४  
बजार
NA

काठमाडौं (अस) । रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतीत बिमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिएको छ । आफ्नो तेस्रो वार्षिकोत्सव अवसर तथा कोभिड–१९ को विषम परिस्थितिले समस्त अर्थतन्त्र र ग्राहकमा पर्न गएको नकारात्मक आर्थिक प्रभावलाई दृष्टिगत गरेर कम्पनीले यस्तो सुविधा ल्याएको हो ।

व्यतीत सबै बिमालेख ०७७ सालको मंसिर महिनाभित्र ग्राहकले पुनर्जागरण गरे सोमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिइनेछ । योजनाबाट सबै ग्राहकले लाभ लिने कम्पनीको विश्वास छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्