ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दरबार स्कुललाई जोन्टा क्लब काठमाडौंको सहयोग

२०७७ मंसिर, ४  
बजार
NA

काठमाडौं (अस) । कोरोना महामारीका कारण गरिएको बन्दाबन्दीले निजी विद्यालयका विद्यार्थीहरूले अनलाइन सिकाइका लागि उपकरण र ल्यापटप प्रयोग गरेर  अध्ययन सुचारु गरिरहेका छन् । तर, सामुदायिक विद्यालयमा यस्तो सुविधाको पहुँच नहुँदा विद्यार्थीलाई पढाइ सुचारु पर्न मुस्किल परिरहेको अवस्था छ ।

सामुदायिक विद्यालयका विद्यार्थीको नियमित पढाइ अगाडि बढाउन जोन्टा क्लबले काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कुललाई मोबाइल उपकरण र ल्यापटप वितरण गरेको छ । क्लबको यो कार्यलाई सघाउन सनराइज बैंक, सीपीएसएन र संस्कृति इन्टरनेशनल स्कूलले समर्थन गरेका थिए ।

नोभेम्बर १३ तारिखबाट सुरु भएको अनलाइन परियोजनाले अध्ययनबाट वञ्चित विद्यालयका विद्यार्थीलाई अनलाइन शिक्षा प्लेटफर्म प्रदान गर्ने विश्वास क्लबको छ । सहयोगपछि स्कुलले अनलाइन कक्षा सञ्चालन गर्न सक्षम हुने संस्कृति इन्टरनेसनल स्कुलका निर्देशक साथै जोन्टियन दीप्ती आचार्यले बताइन् । त्यसका लागि विद्यालय शिक्षकलाई प्रशिक्षणसमेत दिन सुरु गरिएको उनको भनाइ छ ।

प्रशिक्षणमा सिंक्रनाइज र एसिंक्रनाइज सिकाइ प्लेटफर्म, जुममा आधारित लाइभ कन्फ्रेरेन्स इन्टरफेस र गुगल क्लासरुम कभर हुनेछ । स्कुलका विद्यार्थीले अनलाइन शैक्षिक गतिविधिको माध्यमबाट उनीहरूको शिक्षालाई जारी राख्न सक्नेछन् । दरबार स्कुल परिसरमा संस्कृत मावि र भानु मावी गरी दुई स्कुल छन्

जोन्टा क्लब काठमाडौंले महिलाहरूको आर्थिक, शैक्षिक, स्वास्थ्य सुधार गर्ने उद्देश्यका साथ राष्ट्रिय र स्थानीय स्तरमा वकालत गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्