ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आरएमडीसी लघुवित्तको स्वामित्वमा रहेको फरवार्ड लघुवित्तकोे संस्थापक शेयर लिलामीमा  

२०७७ मंसिर, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ४, काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरे आज (बिहीवार)देखि लिलामीमा विक्री खुला भएको छ । 

कम्पनीले ३ लाख ७५ हजार ३०७ दशमलव ५७ कित्ता संस्थापक शेयर लिलामी ल्याएको हो । कम्पनीको न्यूनतम मूल्य प्रतिकित्ता रू. ९५३ दशमलव ३६ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्नेछ । 

इच्छुक आवेदकले पुस ८ गतेसम्म यस शेयरमा आवेदन गर्न पाउनेछन् । शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन गर्न पाउनेछन् भने अधिकतम शेयर संख्याका लागि कुनै हद लाग्ने छैन । आवेदन बुझाउने स्थान एनआइबिएल एस क्यापिटल लाजिम्पाट रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्