ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा सगरमाथा इन्स्योरेन्स कम्पनीको नाफा ५ करोड ५६ लाखभन्दा बढी

२०७७ मंसिर, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ४, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बिहीवार प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ५ करोड ५६ लाखभन्दा बढी नाफा कमाएको छ ।

यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १० प्रतिशत वृद्धि भएको हो । कम्पनीले सो अवधिमा रू. ५ करोड १ लाख नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानी ९ प्रतिशतले वृद्धि भएकाले नाफा बढेको हो ।  

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ८ करोड ५८ लाख ३९ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा रू. ९ करोड ४२ लाख ८५ हजार आम्दानी गरेको हो ।

चुक्तापूँजी रू. १ अर्ब १२ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ५५ करोड २० लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको बीमा कोषमा रू. ६५ करोड ९२ लाख ६० हजार जम्मा भएको छ । यो कोष गत आवको पहिलो त्रैमासको तुलनामा ३४ प्रतिशतले बढी हो । 

चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. ७३ करोड ६१ लाख ७७ हजार बीमाशुल्क आर्जन गरेको छ । यो रकम गत आवको पहिलो त्रैमासको तुलनामा ८ प्रतिशत वृद्धि भएको हो ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ६७ करोड ६९ लाख ३३ हजार बीमाशुल्क आर्जन गरेको थियो । पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.२२ दशमलव २३, मूल्य आम्दानी अनुपात रू. ४० दशमलव ३५,तरलता अनुपात २ दशमलव ५३ र प्रतिशेयर नेटवर्थ रू. २३४ दशमलव ४४ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्