ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निरन्तर उकालो लाग्ने क्रममा नेप्से : पहिलो घण्टामा १९.८३ अंकले बढ्यो बजार (१२ बजेको अपडेट)

२०७७ मंसिर, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ४, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से कारोबार भएको पहिलो घण्टामा परिसूचक १९ दशमलव ८३ अंकले बढेर १ हजार ७६१ दशमलव ६४ विन्दुमा पुगेको छ । 

१ हजार ७५० दशमलव ४२ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव १४ प्रतिशत बढेको छ ।

पहिलो घण्टाको अवधिमा १८५ ओटा कम्पनीको १४ हजार ५५९ पटकको कारोबारमा ३४ लाख ५ हजार ३२ कित्ता शेयरको रू. १ अर्ब ७० करोड ५२ लाख बराबरको खरीदविक्री भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशतले बढेको छ । 

यस अवधिसम्म हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १६ करोड ३४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ९२५ मा कारोबार भइरहेको छ ।

कारोबारको पहिलो घण्टामा साल्ट ट्रेडिङ कर्पोरेशन, विशाल बजार कम्पनी, गोर्खाज फाइनान्स, हिमालयन डिष्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स र ओरियन्टल होटल्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्