ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा नेको इन्स्योरेन्सको नाफा ६५ % वृद्धि, प्रतिशेयर आम्दानी रू. ३७.७९

२०७७ मंसिर, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ४, काठमाडौं ।  नेको इन्स्योरेन्स कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा ६५ प्रतिशत वृद्धि भएको छ । 

गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ७ करोड ५३ लाख ५३ हजार नाफा आर्जन गरेकोमा चालू आवको पहिलो त्रैमासमा वृद्धि भएर रू. १२ करोड ४४ लाख ५८ हजार पुगेको छ ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको देखिन्छ  । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १२ करोड ६० लाख १६ हजार आम्दानी गरेकोमा चालू आवको पहिलो त्रैमासमा वृद्धि भएर रू. १२ करोड ६० लाख १६ हजार पुगेको छ ।

 कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३१ करोडभन्दा बढी रहेको छ ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको जगेडा कोषमा रू. ५८ करोड ४ लाख सञ्चित छ भने बीमा कोषमा रू. ८९ करोड ३९ लाख जम्मा भएको छ ।
 

चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. ६८ लाख १७ हजार बीमाशुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले १ हजार ५६६ जनालाई रू. २० करोड ३९ लाख दाबी भुक्तानी गरेको छ भने २ हजार ४६९ जनालाई रू. ६६ करोड ६६ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी रू. ३७ दशमलव ७९(वार्षिक), मूल्य आम्दानी अनुपात २० दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. २१८ दशमलव ४० रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्