ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

देशभर चिसो वृद्धि : काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम      

२०७७ मंसिर, ४  
समाचार
Image Not Found

मंंसिर ४, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । बिहीवार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधवार काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव शून्य डिग्री थियो ।     
     
मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । “तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ”, मौसमविद् अर्यालले भने । दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुुस भएको छ । मौसमविद्का अनुसार पानी पर्‍यो भने अझै जाडो बढ्छ । तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ ।     
     
जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्नाका साथै तराईका भूभागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।     
     
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठ बिहीवार काठमाडौंउपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २२ दशमलव ३ डिग्री सेल्सियस छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्