ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल फाइनान्सको १२५% हकप्रदमा आजदेखि आवेदन दिन सकिने 

२०७७ मंसिर, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ४, काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले १२५ प्रतिशत हकप्रद शेयर आज (बिहीवार)देखि विक्री खुला गरेको छ । कम्पनीले १ बराबर १ दशमलव २५ को अनुपातमा रू. १६ करोड ९७ लाख ५० हजार ६२५ बराबरको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।

मंसिर २४ गतेसम्म विक्रीमा रहने यो हकप्रद शेयरमा कात्तिक ५ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि कात्तिक ६ गते एक दिन बुक क्लोज गरेको थियो । 

यो हकप्रद शेयर विक्री गर्न कम्पनीले असोज १९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद शेयर विक्री गर्न भने कम्पनीले गत फागुन २९ गते बोर्डमा निवेदन दिएको थियो । 

यस हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ ले कम्पनीको आधारहरु कमजोर रहेको संकेत गर्दछ । हाल यस कम्पनीको चुक्तापूँजी रू. १३ करोड ५८ लाख १ हजार रहेको छ । हकप्रद पश्चात यो पूँजी रू. ३० करोड ५५ लाख ५१ हजार पुग्नेछ । 

हकप्रद विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल फाइनान्सको केन्द्रिय कार्यालय तथा अन्य शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्