ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्पार्कले पायो १२८ मेवा क्षमताको   तमोर–मेवा जलविद्युत् आयोजना निर्माण गर्ने अनुमति  

२०७७ मंसिर, ४  
प्रदेश ०१
Image Not Found
सांकेतिक चित्र

मंसिर ४,  फुङ्लिङ । ताप्लेजुङमा २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

यसका लागि जलस्रोत तथा सिंचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई स्वीकृति समेत दिइएको बताइएको छ । मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने सो आयोेजनाको काम विसं २०७८ को असोज महीनाबाट निर्माण शुरुआत हुने आयोजनाका प्रवर्द्धक भानेन्द्रकुमार लिम्बूले जानकारी दि ।

काम शुरु गरेको पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको उनले बताए । स्वीकृति पाएसँगै अबको ध्यान निर्माणतर्फ केन्द्रीत हुने र स्थानीय लगानीकर्तासँग सहकार्य गरेर विद्युत् उत्पादन गर्ने उनले जानकारी दिए ।    
     
नौ किलोमिटर दूरी बराबरको सुरुङमार्गमार्फत विद्युत उत्पादन गरिने बताइएकोछ । फुङ्लिङ नगरपालिका वडा नं १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नं १, २ र ३, मेरिङ्देन वडा नं ३ तथा आठराई त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ५ मा आयोजना प्रभावित हुने क्षेत्रमा पर्छन् ।

स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनवाइ तथा वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका सबै कार्य सम्पन्न गरिसकेको बताइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्