ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२८.२२ अंकले बढेको बजारमा तारागाउँ रिजेन्सी र युनिलिभर नेपालको शेयरमूल्य १०% ले वृद्धि (१ बजेको अपडेट)

२०७७ मंसिर, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ४, काठमाडौं । बिहीवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक २८ दशमलव २२ अंकले बढेर १ हजार ७७० दशमलव शून्य ३ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १ दशमलव ६२ प्रतिशत बढेको हो ।

दोस्रो घण्टामा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको परिसूचक शून्य दशमलव १ प्रतिशतले घटेको छ ।

दोस्रो घण्टाको अवधिमा १९२ ओटा कम्पनीको २८ हजार ६०४ पटकको कारोबारमा रू. ३ अर्ब ४ करोड ८३ लाख बराबरको खरीदविक्री भएको छ । 

कारोबारको दोस्रो घण्टामा तारागाउँ रिजेन्सी र युनिलिभर नेपालको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले वृद्धि भएको छ । 

यस अवधिसम्म हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २१ करोड ४५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ९२८ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ८५ मा रू. १८ करोड ४८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्