ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बिहीवार सुनको मूल्यमा गिरावट : तोलामा ७०० ले घट्यो 

२०७७ मंसिर, ४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ४, काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । बिहीवार स्थानिय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला रू. ७०० ले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९४ हजार ४०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रू. ९५ हजार १०० मा कारोवार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ७०० ले घटेको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला रू. ९३ हजार ९०० मा कारोवार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९४ हजार ६०० मा कारोवार भएको थियो । 

यस्तै चाँदी भने प्रतितोला रू. एक हजार २१५ मा कारोवार भएको छ । बुधवार चाँदी प्रतितोला रू. एक हजार २३० मा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला रू. १५ ले घटेको हो ।

कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण सुनको भाउ घटेको व्यवसायीले बताएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्