ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनएलजी इन्स्योरेन्स कम्पनी र बिओके क्यापिटलको साधारण सभा शुक्रवार हुँदै

२०७७ मंसिर, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ४, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र बिओके क्यापिटलको साधारण सभा शुक्रवार हुँदैछ ।  

एनएलजी इन्स्योरेन्स कम्पनीले कम्पनीको रजिष्टर्ड कार्यालय पानीपोखरीमा बिहान १० बजे आयोजना गरेको छ । सभाले ७ प्रतिशत बोनस शेयर शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

कात्तिक २४ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् । त्यसैगरी बिओके क्यापिटलले कम्पनीको कार्यालय कमलादीमा दिउँसो १ बजे साधारण सभा आयोजना गरेको हो । सभाले ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्