ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो घण्टामा ३५.३७ अंकले बढ्यो नेप्से, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार (२ बजेको अपडेट)

२०७७ मंसिर, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ४, काठमाडौं । बिहीवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ३५ दशमलव ३७ अंकले बढेर १ हजार ७७७ दशमलव १८ विन्दुमा पुगेको छ । 

२ दशमलव शून्य ३ प्रतिशतले बढेको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३० करोड १६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ११२ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. २ हजार ९२८ मा रू. २४ करोड १२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

तेस्रो घण्टाको अवधिमा १९४ ओटा कम्पनीको ४० हजार ९२० पटकको कारोबारमा रू. ४ अर्ब ३७ करोड २८ लाख बराबरको खरीदविक्री भएको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये व्यापार र होटल्स समूहको परिसूचक सबैभन्दा बढी ९ दशमलव ९८ र ९ दशमलव ३८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्