ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा दिब्यश्वरी हाइड्रोपावरको नोक्सानी बढ्यो

२०७७ मंसिर, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ४, काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजानिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको  सोही अवधिमा वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा रू. ३५ लाख ७२ हजार नोक्सानी रहेको उक्त कम्पनीको चालू आवको सोही अवधिमा नोक्सानी बढेर रू. ५१ लाख ४१ हजार पुगेको छ ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा १२ प्रतिशत कमि आएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा कम्पनीले विद्युत् विक्री बापत रू. २ करोड ७९ लाख  २० हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा रू. २ करोड ४३ लाख ८८ हजारमा सीमित भएको हो ।

नेपाल विद्युत् प्राधिकरणसँग भएको पीपीए सम्झौता अनुसार सम्झौता भए अनुसारको प्राधिकरणले इनर्जी खरीद नगरिदिएकाले सम्झौता अनुसार हर्जानाको माग दाबी गरिएको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ । 

कम्पनीको चुक्तापूँजी रू. २६ करोड ४० लाख रहेको छ भने जगेडा कोष रू. १८ करोड १ लाख ६२ हजार ऋणात्मक रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्