ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतमा कोभिड–१९ बाट २४ घण्टामा ५८५ जनाको मृत्यु            

२०७७ मंसिर, ४  
अन्तरराष्ट्रिय
Image Not Found

 मंसिर ४, नयाँदिल्ली । भारतमा केही दिनयता कोरोना भाइरसबाट संक्रमितको संख्यामा केही कमी आएको देखिए पनि पछिल्लो २४ घण्टामा फेरि संक्रमितको संख्या बढेर ४५ हजार ५७६ पुगेको छ ।     
     
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएको छ । योसहित भारतमा संक्रमितमध्ये १ लाख ३१ हजार ५७८ जनाको ज्यान गएको छ ।     
     
भारतमा हाल ८९ लाख ५८ हजार कुल संक्रमित भेटिए पनि ८३ लाख ८३ हजार संक्रमणमुक्त भएका छन् । संक्रमितको निको हुने दर निकै राम्रो रहेको भारतमा हाल ४ लाख ४३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । मन्त्रालयका अनुसार विगत १२ दिनदेखि भारतमा ५० हजारभन्दा कम व्यक्तिमा मात्र संक्रमण देखिएको छ ।     
     
भारतमै सर्वाधिक असर परेको महाराष्ट्रमा ८१ हजार २०७ जनामा सक्रिय संक्रमण रहेको छ भने केरलामा करीब ७० हजार र दिल्लीमा ४२ हजारमा संक्रमण यथावत रहेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १२ करोड ८५ हजार नमुना परीक्षण गरेको बताएको छ ।     
     
परिषदका अनुसार भारतमा कोरोना संक्रमणमुक्त हुने दरमा निरन्तर सुधार हुँदै हाल ९३ दशमलव ५२ प्रतिशत रहेको छ ।     रासस/ एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्