ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महिला लघुवित्तद्वारा ४ लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि बोर्डमा निवेदन

२०७७ मंसिर, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ४, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नको लागि मंसिर ३ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  कम्पनीले ४ लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट लिमिटेड रहको छ । 

कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ६४ गुणा वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ५४ लाख ६१ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १ करोड ९८ लाख ८५ हजार पुगेको हो । 

चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू. १ करोड ५३ लाख ७४ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढेको हो ।

सो अवधिमा कम्पनीको सञ्चालन नाफा २१९ प्रतिशत  र खुद ब्याज आम्दानी १७४ प्रतिशत वृद्धि भएको छ । चुक्तापूँजी रू. ६ करोड रहेको छ भने जगेडा कोषमा रू. १४ करोड ७७ लाख ७९ लाख सञ्चित गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्