ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ब्याट्रीको विवाद सुल्झाउन ११ करोड ३० लाख डलर तिर्न एप्पल सहमत

२०७७ मंसिर, ४  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर ४, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलले पुराना आईफोन ढिलो बनाइदिएको आरोपसम्बन्धी विवाद टुङ्ग्याउन ११ करोड ३० लाख अमेरिकी डलर तिर्ने भएको छ । 

प्रयोगकर्ताहरूलाई नयाँ आईफोन किन्न बाध्य पार्न कम्पनीले पुराना आइफोन सुस्त बनाइदिएको दाबी अमेरिकाका ३३ राज्यले गरेका थिए । सन् २०१६ मा आईफोन सिक्स, सेभन र एसईमा समस्या आउँदा लाखौं मानिसहरु प्रभावित बनेका थिए । 

यस घोटालालाई ‘ब्याट्रीगेट’को संज्ञा दिइएको थियो । यस विषयमा एप्पलले कुनै पनि प्तिक्रिया दिएको छैन । यस अघि भने पुरानो ब्याट्रीको आयु बढाउन फोन ढिलो पारिएको तर्क कम्पनीले दिएको थियो । 

यो सहमति मार्चमा ब्याट्रीगेट काण्डबाट प्रभावित आइफोन धनीहरुले कम्पनीमाथि दायर गरेको सामूहिक मुद्दा टङ्ग्याउन ५० करोड डलरसम्म तिर्नेबारे गरिएको सहमतिभन्दा अलग हो । 

कम्पनीले सन् २०१६ मा आइफोन सिक्स, सेभेन र एसईमा सफ्टवेयर अपडेट गरेको थियो । यसका कारण ती फोनका चिपको गति सुस्त भएको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्