ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महामारीले विश्वको कर्जालाई पुर्‍यायो नयाँ उचाईमा 

२०७७ मंसिर, ४  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर ४, लन्डन (बेलायत) । कोरोना भाइरसको महामारीका कारण उत्पन्न संकटले विश्वको कर्जा स्तरलाई नयाँ उचाईमा पुर्‍याएको छ । इन्ष्टिच्यूट फर इन्टरनेशनल फाइनान्स (आईआईएफ)ले यस्तो बताएको हो । 

इन्ष्टिच्यूटका अनुसार विश्वको कर्जाले २ हजार ७२० खर्ब डलरको उचाई छोएको छ । भविष्यमा कर्जाको सुनामीले आक्रमण गर्ने चेतावनी समेत उसले दिएको छ । यस वर्षको अन्त्यसम्ममा भने कर्जा २ हजार ७७ खर्ब डलरको नयाँ उचाईमा पुग्ने बताइएको छ । जीडीपीको अनुपातमा कर्जाको यो आकार ३६५ प्रतिशत हुनेछ । 

कोरोना भाइरसको महामारीका कारण प्रभावित भएका कम्पनी र आम जनताहरुलाई टेवा दिन विश्वभर सरकारहरुले सहयोग तीव्र बनाइरहेकै बेलामा कर्जा चुलिएको हो । महामारीबीच घरमै बस्नु पर्ने अर्डरका कारण आम जनजीवन प्रभावित भएको छ भने व्यवसायिक गतिविधि सुस्ताएपछि कम्पनी तथा व्यवसायहरु वैकल्पिक लगानी खोजीरहेका छन् । 

यी दुवै स्थितिमा कर्जा लिने क्रम बढेको छ भने कर्जाको भार पनि बढेको छ । यस वर्षको पहिलो तीन महीनामा विश्वको कर्जा भार १५० खर्ब डलरले बढेर २ हजार ७२० खर्ब डलरमा पुगेको आफ्नो पछिल्लो ‘ग्लोबल डेब्ट मनिटर’ शीर्षकको प्रतिवेदनमा आईआईएफले भनेको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्