ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तनहुँको दुलेगौडामा ग्लोबल आइएमईको शाखा

२०७७ मंसिर, ५  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा– ४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै देशभर बैंकको शाखा संख्या २ सय ६३ पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङमार्फत  ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले २ सय ३८ एटीएम, ४५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २ सय ३१ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्