ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

झापाको गोलधापमा सनराइज बैंकको शाखारहित सेवा

२०७७ मंसिर, ५  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सन्राइज बैंकले झापा जिल्लाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । गोलधापमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित सञ्जाल ५३ पुगेका छन् ।

सो सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवा लिन सक्नेछन् । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहँुच बढाउने उद्देश्यले शाखारहित सेवा सुरु गरेको बैंकको भनाइ छ ।

बैंकका हाल देशभर १ सय ३९ शाखा, ५३ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउन्टर र १ सय ६१ एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्