ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महासंघ चुनाव : प्रधान समूहलाई दुई प्रदेशका २५ जिल्ला अध्यक्षहरूको समर्थन

२०७७ मंसिर, ५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढिरहेका बेला लुम्बिनी र कर्णाली प्रदेशका २५ जिल्ला अध्यक्षहरूले वरिष्ठ उपाध्यक्षमा किशोरकुमार प्रधान समूहलाई मतदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य महासंघले आयोजना गरेको भेलामा लुम्बिनी र कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरूले महासंघको सुदृढीकरण र शुद्धीकरणका लागि प्रधान समूहले अगाडि सारेका मुद्दामा सहमति जनाउँदै पक्षमा मतदान गर्ने बताएका हुन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारका र पूर्वअध्यक्ष कुशकुमार जोशीले महासंघलाई सबल नेतृत्व प्रदान गर्न वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको विकल्प नरहेको बताए ।
महासंघको नयाँ निर्वाचनपछि स्वतः अध्यक्ष पक्का भएका शेखर गोल्छाले आफ्नो कार्यकाल सफल बनाउन किशोर प्रधान समूह रोजेकाले मत दिएर संस्थापन पक्षलाई विजयी गराउन निवर्तमान अध्यक्ष मुरारकाले आग्रह गरे ।

लुम्विनी र कर्णालीका जिल्ला अध्यक्षहरूको भेलालाई अध्यक्ष भवानी राणा र भावी अध्यक्ष गोल्छाले भिडियो सन्देशमार्फत किशोर प्रधान र उनको समूहलाई विजयी गराउन अपिल
गरेका थिए ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिर मन्सुरीले भेलामा २ प्रदेशका २५ जिल्ला अध्यक्षहरूले सामूहिक रूपमा गोल्छा नेतृत्वको किशोर प्रधान समूहलाई मत दिएर निर्वाचित गराउने निर्णय गरेको जानकारी दिए ।

भेलामा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर राउत, मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढा, हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल लामा, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष  कुलप्रसाद न्यौपाने, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाललगायत २५ जिल्ला अध्यक्षहरू सहभागी थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्