ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भीमेश्वरको प्रथम चौमासिक प्रगति १६ प्रतिशत

२०७७ मंसिर, ५  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाले प्रथम चौमासिक अवधिमा समग्रमा करीब १६ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । चालू अर्थिक वर्षको कात्तिक मसान्त समाप्त हुँदा नगरपालिकाले चालू तथा पूँजीगत खर्चतर्फ गरी १५ दशमलव ७५ प्रतिशत प्रगति हासिल गरेको हो ।

नगरपालिकाले साउन, भदौ, असोज र कात्तिकमा गरी चालूतर्फ रू. ९ करोड ७८ लाख ७७६ र पूँजीगततर्फ रू. ३ करोड ८८ लाख ७८ हजार ३४५ गरी कुल रू. १३ करोड ६६ लाख ७९ हजार १२१ रुपैयाँ खर्च गरेको प्रवक्ता हरिवंश चौलागाईंले जानकारी दिए । चालू आवका लागि चालूतर्फ ३९ करोड ६० लाख ५ हजार, पूँजीगततर्फ ४६ करोड ९८ लाख ४३ हजार र वित्तीय व्यवस्थापनतर्फ १५ लाख गरी कुल रू. ८६ करोड ७३ लाख ४८ हजार बजेट विनियोजन गरिएको नगरपालिकाको विनियोजन ऐन २०७७ मा उल्लेख छ ।

चालू आवमा उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्नुपर्ने १६६, ठेक्कामार्फत कार्यान्वयन गर्नुपर्ने १८ गरी १८४ ओटा योजना थिए, जसमध्ये ७९ ओटा योजनाको सम्झौता भई ३० ओटा निर्माण सम्पन्न भई भुक्तानी समेत भइसकेको प्रवक्ता चौंलागाईंले बताए । चालू अर्थिक वर्षदेखि नगरपालिकाले बनाएको सडक कालोपत्रका लागि समेत टेन्डर प्रक्रिया अघि बढाइएको जानकारी उनले दिए ।

कात्तिक २८ गतेसम्म कुल रू. ७५ लाख ३९ हजार ७८० आन्तरिक आय संकलन गरेको नगरपालिकाले चालू आवमै चरीकोट अस्पतालमा कोरोना संक्रमण परीक्षणका लागि पीसीआर प्रयोगशाला स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले यसअघि नै संक्रमणको लक्षण देखिएका नगरवासीको परीक्षण र सम्पूर्ण उपचार खर्च निःशुल्क गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्