ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

फर्स्ट माइक्रोफाइनान्सको मूल्य समायोजन

२०७७ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रवार फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको छ । 

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले ९ दशमलव ५ प्रतिशत बोनस शेयरको समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५७६ तोेकेको छ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहीवारको अन्तिम कारोबार मूल्य रू. ६३१ को आधारमा समायोजन गरेको हो ।

कम्पनीले ९ दशमलव ५० प्रतिशत बोनस शेयर र ४ दशमलव १८ प्रतिशत नगद लाभांश पारित गर्न मंसिर १८ गते ११औं वार्षिक साधारण सभाको आयोजना गरेको छ । 

कम्पनीले सभा आम्रपाली ब्याक्वेटमा बिहान ११ बजे हुने बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्