ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपालमा पनि वायरलेस ब्रोडब्यान्ड

२०७७ मंसिर, ५  
१० वर्ष अघि
NA

नेपाल दूरसञ्चार प्राधिकणले वायरलेस ब्रोडब्यान्ड सेवा सञ्चालनका लागि सेवाप्रदायक कम्पनीहरूलाई अनुमति दिन सुरु गर्ने तयारी गरेको छ । यसबाट आइ पी टेलिफेनी इन्टरनेटका आधारमा आइपीटीभी, इन्टरनेट मोबाइललगायतका सेवा उपलब्ध हुनेछन् । प्राधिकरणले अहिले सञ्चालन अनुमति दिन लागेको यो सेवाबाट वाइम्याक्स (ताररहित डिजिटल सञ्चालन प्रविधि) बाट जत्तिकै सुविधा पाइने प्राधिकरणका इन्जिनियरिङ विभागका निर्देशक मनिप्रसाद अर्यालले बताए । वाइम्याक्स इन्टरनेट सुविधा प्रयोगमा पछिल्लो प्रविधि हो ।

कम्पनीहरूलाई लाइसेन्स दिने अख्तियारीका लागि प्राधिकरणले मन्त्रालयमा निवेदन पेस गरेको थियो । ‘मन्त्रालयबाट अनुमति आउने लगभग निश्चित भइसकेको छ । अब तत्कालै प्रक्रिया अघि बढ्छ,’ प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले भने । अनुमति पाउनासाथ प्राधिकरणले फ्रिक्वेन्सी सेटअपको काम सुरु  गर्ने भएको छ । यसबाट आइएसपीहरूले सेवा सुरु गर्न बढीमा दुई महिना लाग्ने बताइएको छ  ।

२.३ देखि २.४ गेगाहर्ज र ३.३ देखि ३.३ गेगाहर्ज गरी दुई फ्रिक्वेन्सी लाइनमा कम्पनीहरूलाई सेवा सञ्चालन सुविधा उपलब्ध गराउन लागेको प्राधिकरणका निर्देशक अर्यालले जानकारी गराएका छन् । प्रत्येक फ्रिक्वेन्सी लाइनमा १००÷१०० मेगाहर्ज स्पेस रहनेछ । यसमध्ये एउटा कम्पनीलाई १० देखि ३० मेगाहर्ज मात्र दिनसकिने देखिन्छ । प्राधिकरणको सप्लाई क्षमताभन्दा बढी कम्पनीहरूबाट माग भए बोलकबोल व अन्य कुनै प्रतिस्पर्धाबाट कम्पनी छनोट हुनेछ ।

यो सेवा आइएसपीहरूका लागि छिट्टै प्रदान गर्ने विषयमा पनि प्राधिकरणले विचार गरेको छ ।

वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्