ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना महामारी र असर

२०७७ मंसिर, ५  
पाठक विचार
NA

कोरोनाको अर्को असर आर्थिक क्षेत्रमा परेको छ । बन्दाबन्दीको समयमा बन्द भएका उद्योगधन्दा बन्दाबन्दी खुकुलो हुँदा पनि राम्रोसँग चल्न सकेका छैनन् । पर्यटन क्षेत्र पूर्णरूपमा बन्द छ । शैक्षिक क्रियाकलाप करीब करीब बन्द छ । आर्थिक गतिविधि बन्द भएकाले धेरै बेरोजगार भएका छन् । बेरोजगारीले गर्दा गरीबी बढेको छ ।

विश्वभर नै महामारी र अन्य विपद्को समयमा आम नागरिकको जीवनयापनमा आइपर्ने यस्ता कठिनाइलाई सम्बोधन गर्न सम्बद्ध सरकारले विभिन्न प्रकारका कार्यक्रम ल्याउने गरेका छन् । यी कार्यक्रम हेर्दा जति राम्रा देखिन्छन्, यिनलाई लागू गर्न त्यति नै गाह्रो पनि छ । त्यसैले धेरै देशले यस्ता विभिन्न कार्यक्रम लागू गरे तापनि कतिपय ठाउँमा यी सफल भएका छैनन् । नेपालमा पनि सरकारले राहत वितरण गर्ने भने तापनि धेरै ठाउँमा वितरण नै हुन सकेन । वितरण भएका कतिपय ठाउँमा राहत पाउनु पर्नेले नपाएर अरूले नै त्यसको फाइदा लिए । सरकारले व्यवसायहरूका लागिदिन राहत पनि यस्तै नहोला भन्न सकिँदैन ।

दिनेश महर्जन
नयाँबजार, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्