ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सत्तारूढ दलको किचलो

२०७७ मंसिर, ५  
पाठक विचार
NA

निर्वाचनका समयमा एकीकृत भएर झन्डै दुई तिहाइ मत प्राप्त गरेको नेकपाको सरकारले राजनीतिक नेतृत्वप्रति नै वितृष्णा पैदा गरिदिएको छ । राजनीति सफा भए देशका धेरै पक्ष सफा हुने सोचाइ पाइन्छ । नेपालका राजनीति निकै फोहारी बन्दै गइरहेको छ ।  देश र जनता केन्द्रमा हुनुपर्नेमा सत्ता स्वार्थ नै सर्वोपरि बन्न थालेको छ, जसले गर्दा जनताका अभिलाषाहरू पूरा हुन सकेका छैनन् । नेपालभन्दा निकै कमजोर र पछाडि परेका मुलुकहरू अहिले विकासको गतिमा निकै अगाडि बढिसकेका छन् । प्रतिव्यक्ति आय, जीवनस्तर, शैक्षिक स्तरमा निकै फड्को मारिसकेका छन् । नेपालमा भने गुणस्तरीय शिक्षाका लागि विदेश जार्नैपने बाध्यता छ । गरीबीको रेखामुनि रहेका जनताको संख्या केही घटे पनि उनीहरूको अवस्था निकै दयनीय छ । यसमा सुधार ल्याउन ठोस प्रतिबद्धतासहितका राम्रा कार्यक्रमहरूको आवश्यकता छ । कार्यक्रम कार्यान्वयनका लागि सरकार निकै सक्रिय हुनु जरुरी छ । तर, अहिले सरकार अनावश्यक विवाद बढाउन र सत्ता रक्षाका लागि अनेक तिकडम गर्नमै समय बिताइरहेको छ । दलभित्रको किचलो हो । सरकार असफल भए दल पनि असफल हुन्छ । त्यसैले यस्तो किचलो देश, जनता र पार्टी कसैलाई पनि फाइदा हुँदैन । नेताहरूको ‘जुँगाको लडाइँ’ले जनता पिल्सिनु परेको छ ।

पार्टीको सचिवालय समस्या सृजना गर्ने थलोका रूपमा विकास हुँदै गएको छ । सचिवालय आन्तरिक समस्या समाधान गर्नेभन्दा समस्या सृजना गर्ने थलो बन्दै छ ।

सोमेश पौडेल
नयाँबानेश्वर, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्