ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कछुवा गतिको विकास

२०७७ मंसिर, ५  
पाठक विचार
NA

नेपालमा विकास निर्माणका कामहरू निकै सुस्त गतिमा हुने गरेका छन् । त्यसैले यसलाई कछुवा गति भन्ने गरिएको छ । नीतिनिर्माण देखि निर्माण व्यवसाय सर्वत्र यस्तै अवस्था देखिन्छ । सरकारले उच्च प्राथमिकता दिएको मध्यपहाडी लोकमार्ग आयोजना पनि यस्तै कछुवा गतिमा अघि बढेको पाइन्छ । निर्धारित अवधिभन्दा निकै ढिलो गरी यसको निर्माण भइरहेको छ ।

पाँचथरको चियो भन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म कुल १८७९ किलोमीटर लामो यस सडक आयोजनाको काम पूरा हुन अझै आधा दशक लाग्ने अनुमान गरिएको छ । आयोजना शुरू भएको १३ वर्ष बित्दा लक्ष्यको ५० प्रतिशत पनि काम सकिएको छैन । आयोजनाका लागि छुट्ट्याइएको बजेटसमेत राम्ररी खर्च हुन सकेको देखिँदैन ।

यसै पनि सुस्त गतिमा रहेको मध्यपहाडी लोकमार्ग निर्माणको काम पछिल्लो समय कोभिड–१९ ले केही महीना ठप्प हुँदा झन् पछाडि धकेलिएको हो । कोभिडकै बीच लोकमार्गको काम पुनः शुरू गरिएको भए पनि यो अभैm राम्ररी काम भएको छैन । आयोजनाको केही खण्डमा मात्रै काम भइरहेको छ, त्यो पनि अत्यन्तै धिमा गतिमा । विकास निर्माणमा हुने ढिलाइको एउटा नमूना यो सडक पनि हो । त्यसो त राष्ट्रिय गौरवको आयोजना मानिएको मेलम्चीको काम गराइबाट नै नेपालमा काम हुँदैन भन्ने स्पष्ट हुन्छ । आयोजनामा ढिलाइ हुँदा आयोजना प्रमुख र ठेकेदार दण्डित हुनुपर्नेमा उल्टै उनीहरूले अनेक किसिमबाट लाभ लिइरहेको देखिन्छ । त्यही भएर छिटो काम सम्पन्न गर्नुभन्दा ढिलो गर्न कर्मचारीहरू प्रोत्साहित भएको देखिन्छ । यस्ता निर्माण कार्यमा ढिला गर्नेलाई दण्डित गर्ने व्यवस्था नभएसम्म समयमा नै काम होला भनेर भन्न सकिँदैन ।

हरि खड्का
चपली, भद्रकाली, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्