ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अर्थतन्त्र ओरालो शेयरबजार उकालो ?

२०७७ मंसिर, ५  
पाठक विचार
NA

कोरोनाका कारण अर्थतन्त्रमा ठूलै समस्या आइसकेको छ । धेरैको रोजगारी गुमेको छ । तर, अर्थतन्त्रको ऐन भनेर मानिने शेयरबजारमा भने नयाँनयाँ रेकर्ड कायम भइरहेको छ । बिहीवार शेयर कारोबार रकम ६ अर्बभन्दा धेरै भएर नयाँ रेकर्ड राखेको छ । यसअघि एकैदिन ४ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो । त्यस्तै नेप्सेमा कारोबार हुने सबै उपसमूहहरू बिहीवार उकालो लागेका छन् । शेयर कारोबार मापक नेप्से परिसूचक पनि ३० अंक माथिले बढेको छ ।

कोरोना शुरू हुनुअघि ११ सयमा झरेको नेप्से परिसूचक अहिले १८ सयनजिक पुगेको छ । दैनिक कारोबार २८ करोडमा झरेकोमा अहिले ६ अर्ब हुनु अनौठो विषय बनेको छ । नेपालको शेयरबजारमा बैंकहरूको अंश निकै ठूलो छ । बैंकहरूको कमाइ घटेको छ । यो कमाइ चालू आवमा झनै घट्ने संकेत देखापरिसकेको छ । बीमा कम्पनीहरूको कमाइ बढेको छ । तर, अन्य कम्पनीहरूको अवस्थामा खासै सुधार आएको छैन । ब्याजदर कम भएकाले मात्रै यतिका धेरै रकम शेयरबजारमा आएको होला भनेर पत्याउन सकिने आधार छैन । प्रतिफल पनि घटेकाले अहिले यसरी लगानी गर्नेहरू पछि फस्न सक्ने देखिन्छ । विगतमा भएका बुल बजारमा धेरैले घरबारसमेत गुमाएका थिए । बजार ओरालो लाग्दा आत्महत्याका घटनासमेत भएको थिए । यस्तोमा अहिलेको शेयरबजार ले त्यस्तै अवस्था ल्याउने हो कि ? यसमा लगानीकर्ता सचेत बन्न जरुरी छ ।

राजेश अधिकारी
कलंकी, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्