ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ११ औं वार्षिक साधारण सभा पुस ४ मा

२०७७ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ११ औं वार्षिक साधारण सभा पुस ४ गते वीरगञ्जस्थित होटल पुजनमा हुने भएको छ ।

 कम्पनीले सभा बिहान १० बजे गर्ने जानकारी गराएको हो । सभाको प्रस्तावमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनीले ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड ग ले निर्धारण गरेको सिमाभन्दा बढी भएको खर्च रकमलाई अनुमोदन गर्ने रहेको छ ।

साथै सभाले आव २०७४/ ७५ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने रहेको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर १९ गते देखि पुस ३ गतेसम्म बन्द रहनेछ । मंसिर १८ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्ने कम्पनीले जानकारी गराएको हो ।

 कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको थियो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्