ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुनको मूल्य शुक्रवार पनि आरोलो लाग्यो      

२०७७ मंसिर, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

 मंसिर ५, काठमाडौं   । सुनको मूल्य शुक्रवार पनि ओरालो लागेको छ । बिहीवारको तुलनामा शुक्रवार पहेंलो धातुको मूल्य प्रतितोला रू. ४०० ले घटेको छ ।     
 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ररू. ९४ हजारमा कारोवार भएको छ । बिहीवार भने प्रतितोला ररू. ९४ हजार ४०० मा कारोबार भएको थियो ।     
 यस्तै तेजाबी सुन प्रतितोला रू. ९३ हजार ५०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ९०० मा कारोबार भएको थियो । यस्तै चाँदी शुक्रवार प्रतितोला रू.५ ले घटेको छ । बिहीवार प्रतितोला रू. १ हजार २१५ मा कारोबार भएको चाँदी शुक्रवार भने प्रतितोला रू. १ हजार २१० मा कारोबार भएको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्