ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सैनामैनाका कृषकलाई निःशुल्करुपमा मौरीका घार वितरण

२०७७ मंसिर, ५  
प्रदेश ०५
Image Not Found
फाइल फोटो

मंसिर ५, रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाले किसानलाई निःशुल्करुपमा मौरीका घार वितरण गरेको छ । मौरीपालन व्यवसायलाई प्रवर्द्धन र व्यवस्थापन गर्न तथा माहुरी स्रोत केन्द्र सञ्चालनका लागि ३० ओटा घार वितरण गरिएको हो । 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको संयोजनमा कोभिड–१९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजनाअन्तर्गत नगरपालिकाको कृषि विकास शाखामार्फत नगरमा मौरीपालन गर्ने कृषकलाई मौरीका घार वितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ । 

नगरपालिकामा व्यावसायिकरुपमा मौरीपालन गर्ने माहुरी स्रोत केन्द्र सञ्चालनमा आबद्ध १५ जना किसानलाई दुई/दुई ओटाका दरले बिहीवार मौरीको घार प्रदान गरिएको नगरपालिकाका  प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए । 

मौरीपालनका लागि आवश्यक पर्ने मौरी घार, मह निकाल्न आवश्यक पर्ने मह मदानी, प्लाष्टिक ज्याकेट, घुम्ती टोपी, मह काड्ने जाली, चक्कुलगायत १७ ओटा सामग्री हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख सिर्जना खनालले जानकारी दिए । 

माहुरी स्रोत केन्द्र सञ्चालनबाट आगामी वर्ष २० देखि ३० टनसम्म मह उत्पादन गर्ने लक्ष्य लिइएको नगरपालिकाले जानकारी दिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्