ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सानिमा बैंक र बैंक अफ काठमाण्डूको ऋणपत्र आउँदै, सेबोनले गर्‍यो स्वीकृत

२०७७ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । सानिमा बैंक र बैंक अफ काठमाण्डूले ऋणपत्र निष्कासन गर्ने भएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा बाट स्वीकृति पाएसँगै ऋणपत्र निष्कासन गर्ने भएका हुन् । 

सानिमा बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न कात्तिक २७ गते सबोनको स्वीकृति पाएको हो । कम्पनीले ४० लाख कित्ता ऋणपत्रमध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता ऋणपत्र व्यात्तिगत तबरबाट विक्री गर्नेछ । 

८ दशमलव ५ प्रतिशत ब्याजदरमा १० वर्ष सम्मका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी बैंक अफ काठमाण्डूले १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्नको लागि कात्तिक २४ गते सेबोनको स्वीकृति पाएको हो । कम्पनीले १६ लाख कित्ता ऋणपत्र मध्ये ६ लाख ४०हजार कित्ता सर्वसाधारणको लागि र ९ लाख ६०हजार कित्ता ऋणपत्र व्यात्तिगत तबरबाट विक्री गर्नेछ । 

कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले ८ दशमलव ५ प्रतिशत ब्याजदरमा आगामी १० वर्ष २०८६ सम्मको लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्