ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ऋणपत्र निष्कासन गर्न ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेण्ट बैंकले सेबोनमा दिए निवेदन 

२०७७ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । 

ग्लोबल आइएमई बैंकले कात्तिक २० गते र नेपाल इन्भेष्टमेण्ट बैंकले कात्तिक २७ गते ऋणपत्र निष्कासन गर्नको लागि निवेदन दिएका हुन् । ग्लोबल आइएमई बैंकले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नको लागि निवेदन दिएको हो । 

३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता ऋणपत्र व्यत्तिगत तबरबाट विक्री गर्नको लागि निवेदन दिएको हो । बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरमा १० वर्षको लागि ऋणपत्र निष्कासन गर्नेछ । कम्पनीको विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी, नेपाल इन्भेष्टमेण्ट बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नको लागि निवेदन दिएको हो । जसमध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता व्यात्तिगत तबरबाट विक्री गर्नेछ । बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ७ वर्ष सम्मका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । कम्पनीको विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्