ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल राष्ट्र बैंकद्वारा जारी ५० अर्ब बराबरको विकास ऋणपत्र नेप्सेमा सूचीकृत 

२०७७ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रू. ५० अर्ब बराबरको तीन प्रकारको विकास ऋणपत्र सूचीकृत भएको छ । 

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले जारी गरेको तीन प्रकारको उक्त ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । नेपाल राष्ट्र बैंकले ४ दशमलव ७७ प्रतिशत ब्याजदरको ९ वर्षे अवधिको रू. २० अर्बको २०८६ ‘घ’ ऋणपत्र गत असोज १२ गते विक्री गरेको थियो । 

त्यस्तै, ७ वर्षे अवधिको ४ दशमलव १४ प्रतिशत ब्याजदरको रू. १० अर्ब बराबरको २०८४ ‘घ’ ऋणपत्र असोज २१ गते र १० वर्षे अवधिको ४ दशमलव १४ प्रतिशत ब्याजदरको २०८७ ‘घ’ ऋणपत्र कात्तिक २० गते राष्ट्र बैंकले विक्री गरिएको थियो ।

अर्ध वार्षिक रुपमा ब्याजदर भुक्तानी गर्ने गरी विक्री गरिएको उक्त विकास ऋणपत्र धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने गरी सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ । 

९ वर्षे अवधिको सावा भुक्तानी २०८६ साल असोज १२ गते, ७ वर्षे अवधिको सावा भुक्तानी २०८४ साल असोज २१ र १० वर्षे अवधिको सावा भुक्तानी २०८७ साल कात्तिक २० गते हुने समेत नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको विकास ऋणपत्र :

                                                                                                      स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्