ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि, सक्रिय संक्रमितको संख्या २४ हजार ६६५

२०७७ मंसिर, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । नेपालमा शुक्रवार थप १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रवारसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । 

योसँगै कोरोना संक्रमणबाट १ हजार २९८ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा ५ हजार ३६४ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६ लाख ४३ हजार ८९९ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ७५३ जना रहेका छन् । त्यसैगरी आईसोलेशनमा २४ हजार ६६५ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा विगत २४ घण्टामा १ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १ हजार ९४५ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौं जिल्लामा ८६३ जना, ललितपुर जिल्लामा १७४ जना र भक्तपुर जिल्लामा ७१ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

योसँगै काठमाडौंमा ८१ हजार ५८८ जना, ललितपुर जिल्लामा ११ हजार ९४८ जना र भक्तपुर  जिल्लामा ७ हजार ३३६ जना संक्रमित भएका छन्। जसमध्ये काठमाडौं जिल्लामा ३१६जना, ललितपुर जिल्लामा ८९ जना र भक्तपुर जिल्लामा ८३ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्