ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तीन ओटा योजनाद्वारा २० करोड कित्ता इकाई विक्रीका लागि बोर्डमा निवेदन

२०७७ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । तीन सामूहिक लगानीकोष योजनाको २० करोड कित्ता इकाईमा लगानी गर्ने अवसर मिल्ने भएको छ । पछिल्लो समय रू. २ अर्ब बराबरको २० करोड कित्ता इकाई विक्री गर्न तीन योजनाले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । 

कुमारी क्यापिटल, एनआईसी एशिया क्यापिटल र सिद्धार्थ क्यापिटलले सामूहिक योजना सञ्चालनका लागि उक्त अनुपातको इकाई विक्री गर्ने तयारी गरेका हुन् । 

कुमारी क्यापिटलको व्यवस्थापनमा कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी कुमारी इक्वीटी फण्ड योजनाले रू. ८० करोड बराबरको ८ करोड कित्ता इकाई विक्री गर्न अनुमति माग्दै कात्तिक २८ गते बोर्डमा निवेदन दिएको छ ।

त्यस्तै, एनआईसी एशिया क्यापिटलको हुने गरी एनआईसी एशिया सेलेक्ट–३० योजनाले रू. १ अर्ब बराबरको १० करोड कित्ता इकाई विक्री गर्न कात्तिक २८ गतेनै बोर्डमा निवेदन दर्ता गरेको हो । 

तीन योजनामध्य दुई बन्दमुखि योजना रहेका छन् भने एक खुला मुखि योजना रहेको छ । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सिद्धार्थ म्यचुअल फण्डले सिद्धार्थ सिष्टम्याटिक इन्भेष्टमेण्ट खुलामुखि योजना सञ्चालन गर्ने भएको हो । 

यस योजना सञ्चालनका लागि रू. २० करोड बराबरको २ करोड इकाई विक्री गरिने भएको छ । उक्त इकाई विक्रीको अनुमति माग्दै सिद्धार्थ क्यापिटलले मंसिर ३ गते बोर्डमा निवेदन दिएको छ ।

दीर्घकालिन लगानीको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको सामूहिक लगानीकोषका योजनामा पछिल्लो समय लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको छ । 

हाल सञ्चालित सामूहिक लगानीकोष योजनाहरुले वार्षिक रुपमा आकर्षक प्रतिफल पनि दिइरहेका छन् भने योजना समाप्ती पश्चात पाइने हिस्साबाट पनि लगानीको उचित प्रतिफल पाएको लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्