ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

२०७७ मंसिर, ५  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर ५, नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९० लाख नाघेको छ ।

शुक्रवार मात्रै ४५ हजार ८८२ जना नयाँ संक्रमित थपिएका हुन् । कुल संक्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाखभन्दा बढी रहेको छ । 

भारतमा संक्रमण मुक्त भएकहरुको दर ९३ दशमलव ६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिइएको छ । 

मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार हजार ३६५ जना संक्रमित भएका छन् भने कुल एक लाख ३२ हजार १६२ जनाको मृत्यु भएको छ । ती मध्ये ५८४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।  

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ४३ हजार ७९४ रहेको छ । रासस/पिटिआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्