ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनएलजी इन्स्योरेन्सको साधारण सभाले पारित गर्‍यो ७.३७% लाभांश वितरण गर्ने प्रस्ताव

२०७७ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रवार रजिष्टर्ड कार्यालय पानीपोखरीमा प्रस्तावित ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरीएको २०७६ साल आषाढ मसान्तको वासलात, २०७ं५/०४/०१ देखि २०७६/०३/३१ सम्मको नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयसूचीहरु उपर छलफल भइ पारित गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणकाबिच कम्पनीले वेविनारमार्फत केन्द्रिय कार्यालय काठमाडौंमा सभा सम्पन्न गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्