ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरियो छठ पूजा (फोटो फिचर)

२०७७ मंसिर, ६  
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, काठमाडौं । शनिवार बिहान उदाउँदो सूर्य लाई अर्घ दिएर छठ पूजा समापन गर्दै काठमाडौंको कमलपोखरीमा श्रद्धालु भक्तजनहरु । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधवारदेखि शुरु भएको हो ।

व्रतालुहरुले इतिहास वर्णित सरोवर गंगासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गर्ने गर्छन् ।

बिगतका वर्षहरुमा छठ काठमाडौंका कमलपोखरी, नागपोखरी, गहनापोखरी, गौरिघाट किनार सिँगारेर झकिझकाउ पार्ने गरिने भएतापनि यसवर्ष कोरोना महामारीबाट बच्न प्रशासनले भीडभाड नगरी छठ पर्व मनाउन आह्वान गरेको छ । 

नदी, खोला र पोखरीस्थित घाटमा ब्रतालुहरु र दर्शनार्थीहरुको भिड विगतको वर्षमा भन्दा कम देखिएको छ । प्रशासनले मास्क अनिवार्य भनिए पनि छठ घाटमा मास्क नलगाउनेहरुको संख्या धेरै रहेको छ ।

  

                                                                                तस्वीर : प्रकाश के.सी/आर्थिक अभियान 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्