ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बाग्मती नदीमा पक्की पुल बनेपछि कृषकको आयमा वृद्धि 

२०७७ मंसिर, ६  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, रौतहट । रौतहट र सर्लाहीको सिमानामा रहेको बाग्मती नदीमा पक्की पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ ।

पुल नहुँदा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका दुवै जिल्लाका बासिन्दा पक्की पुल बनेपछि अहिले हर्षित भएका छन् । दुई ओटा जिल्लाका कृषकलाई उत्पादित कृषि उपज बजारिकरणमा सहज भएको छ ।

खेतमा उत्पादित कृषि उपजलाई टायरगाढा, साईकल, मोटरसाईकल र अन्य साधनमा राखेर विभिन्न बजारसम्म पुर्‍याउन पाएका छन् । नदीमा पुल बनेपछि त्यस भेगका कृषकको आम्दानीमा वृद्धि भएको छ । बजारिकरणमा सहज भएपछि पछिल्लो समयमा खेति गर्ने कृषककको संख्या समेत बढ्दै गएको स्थानीय दुर्गा यादवले बताए ।

नदीमा पुल नहुँदा वार्षिक अन्नबाली बुझाएर कृषकहरुले डुङ्गामा आवतजावत गर्ने गरेका थिए । तर पुल निर्माण भएपछि दुई जिल्लाका कृषक लाभान्वित भएको उनको भनाइ छ ।
अति आवश्यक स्थानमा पुल बनेपछि स्थानीय वासिन्दालाई आवागमनमा सहज भएको हो भने स्थानीयलाई स्वास्थ्य उपचारका लागि अस्पतालसम्म पुग्ने दुरी छोटो भएको छ ।

रौतहटको धरमपुर सिंहारमन र सर्लाहीको महीनाथपुर गाउँलाई जोड्ने गरी बाग्मती नदीमा पक्की पुल बनेको हो । १ करोड २५ लाख रुपैयाँ लागतमा पक्की पुल निर्माण भएको गढिमाई नगरपालिका–६ का वडाध्यक्ष रामसिंहासन यादवले बताए ।

पुल निर्माण भएपनि बाँध बनाउने लगायतका काममा अझै करीब डेढ करोड रुपियाँ खर्च हुने अनुमान गरिएको उनले बताए । पुल निर्माण कार्य पूरा भएपनि रौतहट र सर्लाही दुवैतर्फको सडक निर्माणको काम भने पूरा नभएकाले स्थानीयलाई समस्या भएको छ । 

गढिमाई नगरपालिकाको पहलमा सो सडकको निर्माण कार्य पनि भइरहेको छ । सडक निर्माण भएपछि यस क्षेत्रका बासिन्दाको आयमा वृद्धि हुने अपेक्षा गरिएको गढिमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले बताए ।  सडक निर्माणलाई प्रथामिकता दिएर काम गरिरहेको उनको भनाइ छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्