ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २४ हजार ९ जना

२०७७ मंसिर, ६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, काठमाडौं । नेपालमा शनिवार थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिवारसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ९ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । 

योसँगै कोरोना संक्रमणबाट १ हजार ३०५ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६ लाख ५२ हजार ४३ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ७५७ जना रहेका छन् । त्यसैगरी आईसोलेशनमा २४ हजार ९ जना रहेका छन् ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ८९९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये  संक्रमित पुष्टि हुनेमा ३८७ जना महिला र ५१२ जना पुरुष रहेका छन् ।

काठमाडौं जिल्लामा ६८५ जना, भक्तपुर जिल्लामा ४९ जना र ललितपुर जिल्लामा १६५ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्