ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एयरलाइन्सहरुलाई थप ८० अर्ब डलर सहयोग चाहिन्छ : आयटा 

२०७७ मंसिर, ६  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर ६, पेरिस (फ्रान्स) । कोरोना भाइरसको महामारीका कारण उत्पन्न संकटबाट बच्न विश्वको विमान सेवा प्रदायक उद्योगहरुलाई थप ७० देखि ८० अर्ब डलर चाहिने बताइएको छ । शुक्रवार अन्तरराष्ट्रिय हवाई परिवहन संगठन (आयटा)का महानिर्देशक अलेक्जान्द्रे डि जुनियाकले यस्तो बताएका हुन् । 

अहिलेसम्म विश्वभर सरकारहरुले महामारीबाट टेवा दिन यस उद्योगमा १ खर्ब ६० अर्ब डलर प्रवाह गरिसकेका छन् । आगामी महीनाका लागि उद्योगलाई ७० देखि ८० अर्ब डलर चाहिने डि जुनियाकको भनाइ छ । नत्र विमान सेवा कम्पनीहरु बाँच्न नसक्ने उनले बताए । 

कोरोना भाइरसको संक्रमण विरुद्धको खोपमा भएको ब्रेकथ्रूले केही आशा पलाएको भएपनि यात्रा सामान्य स्तरमा आउन अझै कयौं महीना लाग्नेछ । विश्वका विविध हिस्सामा संक्रमण बल्झिन थालेको छ । यात्रामा थप कडाई हुने देखिएसँगै उद्योगको आर्थिक परिदृश्य थप धूमिल हुने देखिएको छ  । 

यस वर्ष विमान सेवा प्रदायक उद्योगले ८७ अर्ब डलर गुमाउने आयटाले यस अघि प्रक्षेपण गरेको थियो । तर अब भने यो क्षति बढेर १ खर्ब डलर पुग्न सक्ने डी जुनियाकको भनाइ छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्