ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

घलेगाउँ घरबासमा आउन थाले पर्यटक

२०७७ मंसिर, ७  
गण्डकी प्रदेश
NA

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे)मा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् ।     

गत साउनसम्म घरबास बन्द रहेकोमा भदौ १ गतेदेखि खुला भएपछि कहिलेकाहीँ दुईचार जना आउन थालेका थिए । यतिबेला दैनिक ३०÷३५ जना पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले बताएको छ । कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्र्याउन उत्साहित भए पनि पर्यटक नआउँदा निराश बनेका यहाँका घरबास सञ्चालक आन्तरिक पर्यटक आउन थालेपछि खुशी हुन थालेको घरबास सञ्चालक दीर्घराज घलेको भनाइ छ । ‘विगतमा ४०० को हाराहारीमा पर्यटक आउँदा घरबासमा राख्ने ठाउँ अभावले समस्या बनाएको थियो, तर अहिले पर्यटकको पर्खाइमा रहनुपरे पनि विस्तारै पर्यटक वृद्धि हुन थालेको छ,’ उनले भने ।    

पर्यटक आगमनमा वृद्धि हुँदै गएपछि केही राहत पुुगेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए । घलेगाउँबाट लमजुङ, अन्नपूर्ण (दोस्रो) र चौथो, माछापुच्छे«, मनास्लु, हिमालचुली, ङादीचुली (डा हर्क हिमाल) र बुद्ध हिमाल देख्न सकिन्छ । यस्तै सूर्योदय र सूर्यास्त, नमूना चिया बगान घले राजाको पार्क र गुरुङ सग्रहालय अवलोकन गर्न सकिन्छ । जिल्लाको सदरमुकाम बेँसीशहरबाट २३ किलोमिटरको दूरीमा रहेको घलेगाउँ पुग्न सवारी साधनमा करीब ३ घण्टा र पैदलयात्रा करीब ५ घण्टा समय लाग्छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्