ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोकाकोला र नेपाल रेडक्रसद्वारा दोस्रो चरणको सुरक्षा सामग्री वितरण

२०७७ मंसिर, ७  
बजार
Image Not Found

काठमाडौं (अस) । कोकाकोला नेपाल र नेपाल रेडक्रस सोसाइटीले दोस्रो चरणको सुरक्षा सामग्री वितरण सुरु गरेका छन् ।

यी दुई संस्थाको साझेदारीमा कोभिड–१९ को महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी एवं स्वयंसेवकको सुरक्षाका लागि विभिन्न अस्पताल र स्वयंसेवकलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरणको दोस्रो अभियान सुरु भएको हो ।

नेपाल सरकारका विभिन्न अस्पतालहरुलाई प्रयोग गर्न हस्तान्तरण गरिने सामग्रीको कुल मूल्य करिब १ करोड ४० करोड रुपैयाँ रहेको छ ।  साझेदारीअन्तर्गत देशका सातै प्रदेशका प्रमुख अस्पतालमा एक–एक वटा भेन्टिलेटर तथा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरिनेछ ।

हस्तान्तरण गरिएका सामग्रीमा  १०० थान सुरक्षा चस्मा, १२० बाकस सर्जिकल मास्क, १५० थान सुरक्षा पोसाक, ५० बाकस पन्जा, केएन ९५ मास्क २०० वटा रहेका छन् । आगामी दुई साताभित्र सातै प्रदेशका तोकिएका अस्पतालहरुमा भेन्टिलेटर एक–एक थानसहित ४८ हजार थान सर्जिकल मास्क, केएन–९५ मास्क एक हजार ६ सय थान, ५५० थान सुरक्षा पोसाक, सुरक्षा चस्मा ४०० वटा र दस हजार जोडी पञ्जा हस्तान्तरण गरिनेछ ।

उक्त सामग्री कोशी अञ्चल अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान अस्पताल कास्की, भेरी अञ्चल अस्पताल बाँके, मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत र सेती अञ्चल अस्पताल कैलालीमा हस्तान्तरण हुने व्यवस्था मिलाइएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्